Breaking News :

दुर्घटनामा परी पूर्वसभापति अधिकारीको निधन

नेपाल विद्यार्थी सङ्घ चितवन साविक क्षेत्र नं ४ का पूर्वसभापति ३९ वर्षीय तीलचन्द्र अधिकारीको दुर्घटनामा परी निधन भएको छ ।

सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका वडा नं २ इलाका प्रहरी कार्यालय अगाडि भएको दुर्घटनामा अधिकारीको निधन भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार नारायणगढतर्फ आउँदै गरेको ना७ख ७७१ नंको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना२७प ५३६ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका अधिकारीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

मोटरसाइकललाई ठक्कर दिने ट्रक नियन्त्रणमा रहेको छ भने चालक फरार छन् ।

merokhabarsathi

Read Previous

चितवनमा बिहानै प्रेसर कुकर बम फेला, सेनाद्वारा डिस्पोज

Read Next

संसदमा जवाफ दिन उपस्थित भएनन् प्रधानमन्त्री ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *