Breaking News :

विदेशी च्यानलहरु २४ घन्टाका लागि बन्द

प्रस्तावित विज्ञापन ऐन २०७६ प्रति असहमति जनाउँदै टेलिभिजन सेवा प्रदायकहरुले विज्ञापन प्रसारण हुने विदेशी च्यानलहरु २४ घन्टाका लागि बन्द गरेका छन् ।

सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मका लागि विज्ञापन प्रसारण हुने विदेशी च्यानलहरुको प्रसारण बन्द गरिएको हो ।

इन्टरनेट तथा डिजिटल टीभी समन्वय समिति र नेपाल केबल टेलिभिजन महासंघले संयुक्तरुपमा विदेशी च्यानलहरु बन्द गराएका हुन् ।

विज्ञापन नभएका विदेशी च्यानलको भने प्रसारण नरोकिएको महासंघले जनाएको छ ।

संसदमा पुगेको ‘प्रस्तावित विज्ञापन ऐन, २०७६’ मा विज्ञापनसहित आउने विदेशी च्यानलहरु नेपालमा प्रसारण गर्न नपाउने उल्लेख छ ।

उक्त व्यवस्था लागू गर्दा उत्पन्न हुने परिस्थितिको जानकारी गराउन भन्दै सेवा प्रदायकहरुले च्यानलहरु बन्द गराएका हुन् ।

merokhabarsathi

Read Previous

धार्मिका कार्यक्रममा लगाएको टेण्ड भत्किदा १४ जनाको मृत्यु

Read Next

जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक छ :-प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *