अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
इंग्ल्याण्ड र वेल्समा जारी १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तानले ब्याटिङ सुरु गरेको छ। पाकिस्तानले टस जितेर ब्याटिङ रोजेको हो।
जारी प्रतियोगितामा ६ खेल खेलको दक्षिण अफ्रिका तीन अंकसहित अंकतालिकाको आठौँ स्थानमा रहेको छ। उसले केवल एक खेलमा मात्रै जित हात पारेको छ। एक खेल वर्षाका कारण प्रभावित भएपछि अंक बाँडेको दक्षिण अफ्रिका चार खेलमा पराजित भएको थियो।
यस्तै पाँच खेल खेलेको पाकिस्तान अंकतालिकाको नवौँ स्थानमा रहेको छ। उसको तीन अंक मात्रै छ। पाकिस्तानले आयोजक इंग्ल्याण्डलाई पराजित गरेको थियो। तीन खेलमा हार व्यहारेरेको पाकिस्तानको एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्न बाध्य भएको थियो।