Breaking News :

धान खेतमा माछापालन यसरी गर्नुहाेस (सम्पूर्ण जानकारी र विधीसहित)

काठमाडाैं । केही वर्ष पहिलेसम्म हामी सबैले खोलाको माछा मारेर खाने गर्दथ्यौं भने आजकाल आ–आफ्नै घरमा पोखरी तयार गरी माछापालन शुरु गरेबाट जताततै माछा पाउन थालिएको छ ।

यो निश्चय पनि मांसहारी व्यक्तिहरुका लागि खुशीको कुरा हो । तर वर्षेनी सबै ठाउ‘का राम्रा, सिंचाईयुक्त खेतबारीहरुमा यही रफ्तारमा पोखरीहरु खन्दै जाने र केही बचेका सडक छेउका खेतबारीहरु पनि प्लटिङ गरी घर निर्माण हु‘दै जाने हो भने खेती गर्ने जमिन कति पो रहला र ? यो एउटा चिन्ताको विषय बन्न पुगेको छ ।

यदि हामीहरुले माछा नै पालन गर्ने हो भने पोखरी नै किन पो खन्नुपर्‍यो र ? धानको खेतमै माछा पालन गरे भइहाल्यो नि । यसबाट न जमिन नै नोक्सान हुने न त बढी नै खर्च बेहोर्नुपर्ने । त्यसैले गर्दा सिंचाई सुविधा भएका खेतहरुमा धानस‘गै माछा पनि पालन गर्ने हो भने धान खेतको झारपात पनि नियन्त्रण हुने, धानबालीलाई नोक्सान पुर्‍याउने कीराहरुको नियन्त्रणमा पनि सहयोग पुग्ने र धानको उत्पादन पनि बृद्धि हुने ।

त्यसैले किन पो पोखरी नै खनेर माछापालन गर्ने त ? बरु अबदेखि धान खेतमै माछा पालन शुरु गरे भइगो नि । त्यसैले पानीको सुविधा भएको खेतका कृषकहरुले अहिलेदेखि नै धान खेतमा माछापालन गर्न शुरु गरेमा धानको पनि राम्रो उत्पादन बढ्ने र माछाबाट पनि थोरै लगानीमा राम्रो फाइदा हुन सक्ने देखिन्छ ।

आजकाल धेरैजसो कृषकहरु तरकारी, अन्नबाली खेतीलाई छाडी माछापालनतर्फ आकर्षित देखिएका छन् तर कतिपय कृषकहरु सँग पोखरी खन्ने क्षमता नभएको हु‘दा माछा पालन गर्ने तीब्र इच्छा हु‘दाहु‘दै पनि आफ्नो इच्छा मारेर बसेको देखिएको छ । त्यस्ता कृषकहरुका लागि यो प्रविधिले धेरै उत्साह जगाउने छ भन्ने विश्वास लिइएको छ ।

धान खेतमा माछा पालन गर्न सजिलो र सरल प्रविधि भएर पनि प्रचार प्रसारको कमीकै कारण यसको विकास हुन सकेको छैन, यसमा सम्बन्धित निकायले प्रचारप्रसार र तालिमको व्यवस्था मिलाउन सकेमा यसबाट जमिनको बचावट हुनुका साथै कम खर्चमा राम्रो आम्दानी लिन सकिने देखिन्छ ।

जग्गाको छनोट :

प्राय:जसो सबै किसिमको माटोमा माछापालन गर्न सकिन्छ । तैपनि चिम्टाइलो, पॉगो मिसिएको र पानी अड्ने खालको खेत हुनु जरुरी छ । चाहेको बेलामा पानी उपलब्ध हुने भरपर्दो स्रोत पनि आवश्यक छ । वर्षाको समयमा बाढी पस्ने, कटान हुने र घरदेखि धेरै टाढा दैनिक रेखदेख पुर्‍याउन नसक्ने ठाउ‘को खेत छनोट गर्नुहु‘दैन । यस्ता ठाउ‘मा माछापालन गर्दा त्यति फाइदा लिन सकिदैन, तसर्थ घरको नजिकमै धेरै राम्रो मानिन्छ ।

ट्रेन्च (खाडल) निर्माण गर्ने तरिका :

पोखरीमा पालिने माछाहरुलाई भन्दा धान खेतमा पालिने माछालाई पक्कै पनि धेरै कुराहरुबाट आपत, विपत पर्न सक्छन् । त्यसैले गर्दा माछालाई बचाउन जोगाउनको लागि गहिरो खाडल आवश्यक पर्ने हुन्छ, त्यस्तो खाडल भएमा त्यसैमा लुकी आफ्नो ज्यान जोगाउन सक्छन् । त्यस्तो पानी जम्मा गर्ने खाडल खन्ने प्रविधिलाई नै ट्रेन्च अथवा खाडल निर्माण गर्ने भनिन्छ ।

यस्तो ट्रेन्च निर्माण खेत जोताई गर्ने बेलामा नै गर्नुपर्दछ । यसको निर्माणले धान खेत सुख्खा परेको बेला, चोरी चकारी पशुपंक्षी, सॉप आदिबाट हुन सक्ने संकटबाट बच्न त्यही ट्रेन्च अथवा खालको पानीमा बसी आफ्नो सुरक्षा गर्ने गर्दछन् ।

यस्तो खाडल निर्माण गर्दा माछा पालन गर्ने खेतको आलीको भित्र पट्टीबाट एक फिट गहिरो दुई फिट चौडाइ भएको लामो खाडल खन्नुपर्दछ । यस्तो खाडल लामो अथवा १–२ ठाउँमा गोलो खाडल जस्तो खनेर पनि तयार गर्न सकिन्छ । खेतमा पानी छैन भने खाडलमा पानी भएमा त्यसैमा भूरा स्टक गरी राख्न पनि सकिन्छ । पछि पानी भएपछि भूराहरुलाई खेतमा राख्न सकिन्छ । त्यसैले ट्ेरन्च (खाडल) बनाउनुको मुख्य उद्देश्य यही नै हो ।

आलीको बनावट:

अब अर्को मुख्य कुरा के छ भने यदि धानखेतको आली ठूलो, अग्लो भएन भने भूराहरु भाग्न सक्छन् । तसर्थ धान खेतको आली ठूलो बनाउनुपर्ने हुन्छ । आली कमजोर भयो भने भत्किन पनि सक्छ । त्यसैले आलीको उचाइ र चौडाई एकदेखि डेढ हातसम्मको हुनै पर्दछ, यसरी तयार गरेको आली पछि सम्मलाई मजबुत हुन्छ ।

पानीको प्रवेशद्वार र निकास द्वारको प्रबन्ध: धानखेतमा माछापालन गर्दा होस् या पोखरीमा यी दुबैका लागि पानी आउने बाहिर जाने दुबै ठाउ‘मा पाइप राखी त्यसमा जाली बॉधिदिनुपर्दछ । यसले गर्दा, बाहिरी माछा र अन्य केही वस्तुहरु खेतमा पस्न पाउदैनन् र खेतभित्रका माछाहरु पनि बाहिर बगेर जान पाउ‘दैनन्, त्यसैले दुबै तर्फको पाइपमा जाली लगाउनैपर्ने हुन्छ ।

धान खेतको तयारी :

माथि बताएअनुसारका सम्पूर्ण कार्यहरु पूरा भएपछि मात्र धान रोप्नको लागि खेतको तयारी गर्नुपर्दछ । धान रोप्नुभन्दा पहिले हिल्याउने बेलामा गोवर मल १०० केजी, युरिया १ केजी र डिएपी एक केजी प्रतिकट्ठाको दरले प्रयोग गरी जोतिदिनुपर्दछ । यस्ता माछापालन गर्ने खेतको लागि ढिलो पाक्ने जातका धानका बेर्ना रोप्नु राम्रो हुन्छ ।

जस्तै मसुली, सावित्री, राधा र वर्षे २ या ४ मध्येमा कुनै एउटा जात रोप्न सकिन्छ । धानको बीऊ रोपाइ‘ गर्दा प्रतिगॉजमा २/३ वटा बेर्ना रोप्ने र एक बोटदेखि अर्को बोटको दूरी २० देखि २५ सेन्टिमिटरको फरक हुनुपर्दछ । धेरै बाक्लो रोप्नुहुँदैन ।

माछा भुरा छाड्ने तरीका:

धान रोपेको १५ देखि २० दिनपछि २५ देखि ५० ग्राम साइजका माछाका भुराहरु ल्याई धान खेतमा छाड्नु (राख्नु) पर्दछ । यदि फार्ममा प्राप्त भएमा ५० ग्राम भन्दा ठूला भूरा पनि राख्न सकिन्छ । ठूला भुरा राख्दा चाडै हुर्किने हुँदा सानो भन्दा ठूलो नै राख्नु फाइदाजनक देखिन्छ । धान खेतमा माछा राख्दा कमन कार्प जात मात्रै राख्नु राम्रो हुन्छ ।

अन्य जात राख्नु उपयुक्त हुँदैन् । जब माछा भुराको प्याकेटहरु ल्याइन्छ त्यस समयमा तुरुन्तै खोलेर खेतमा छाड्नुहु‘दैन प्याकेटलाई खेतको पानीमा आधा घण्टा सम्म रहन दिई, त्यसपछि प्याकेटको मुख खोली सुस्तस‘ग भुराहरुलाई आफै जान दिनुपर्दछ, स्वात्त खनाउनु हुँदैन ।

यसरी सुस्त जान दिदा त्यस खेतको पानीको तापक्रम समायोजन हुन जाने हुन्छ र भुराहरु पनि मर्न पाउँदैनन् । यदि प्याकेटलाई ल्याउने बित्तिकै खेतमा छाड्ने गर्दा, तापक्रम मिल्न नसकी भुराहरु मर्न सक्छन् तसर्थ यस्तो कार्य कदापि गर्नुहु‘दैन । कमन कार्पको भुरा एक कट्ठाका लागि लगभग एक सय ५० देखि दुई वटासम्म (ठूलो भुरा) आवश्यक पर्दछ । यो भन्दा बढी राख्नु फाइदाजनक हुदैन । कमन कार्प माछा दुई किसिमका हुन्छन् ।

एउटा शरीरभरि कत्ला भएको र अर्को कम कत्ला भएको यी दुबै जातका माछाहरु चेप्टो सुनौलो रंगका हुन्छन् । यी माछाले पी‘धमा बसी स–साना कीरा, लेउ, कुहिएको झारपात खाने गर्दछन् । त्यसैले यो कमन माछालाई सर्वभक्षी माछा भन्ने गरिन्छ ।

यो माछा ५/६ महिनामा सरदर आधादेखि एक केजीसम्मको हुनेगर्दछ । यो माछाले कुहिएको झारपात खाइदिने भएकाले धानको उत्पादनमा पनि राम्रो बृद्धि हुने गरेको पाइएको छ ।

माछाको दाना :

साधारणतया कमन कार्प माछाका भूरालाई धान खेतमा पाल्दा त्यहीं नै प्रशस्त आहारा प्राप्त हुने भएको हु‘दा बाहिरी आहाराको त्यति जरुरत पर्ने देखिदैन, तैपनि बाहिरबाट दाना दिदा माछा भूराहरु छिटो–छिटो बढ्ने भएको हुनाले, दाना दिदा लाभदायक नै हुन्छ ।

दाना दिदा बाहिरको नदिई आफ्नै घरमा बनाएर दिन सकिन्छ । दाना बनाउ‘दा धानको ढुटो ५० प्रतिशत, गहु‘को चोकर १० प्रतिशत, तोरीको पिना (खली) ४० प्रतिशतलाई एकै ठाउँमा मिलाई १०० प्रतिशतको दाना बनाउने र थोरै–थोरै (२–३ माना) जतिलाई पानीमा मुछेर डल्लो बनाई, प्रत्येक दिन एउटै समयमा एउटै ठाउ‘मा उक्त डल्लोलाई राखिदिने गरे सबै माछाले दाना पूरै खान सक्छन् ।

अन्यथा यत्रतत्र छरिदिएमा या राखि दिएमा त्यति खान पाउदैनन् र खेर जाने हुन्छ । एकै ठाउ‘मा दाना दिदा भुराहरु पनि त्यही समयमा त्यही ठाउ‘मा जम्मा भई खाने गर्दछन् । यसबाट माछा भुरा के कति छन् भन्ने पनि थाहा पाउन सकिन्छ ।

यदि माछापालक कृषकहरुले माथिका बु‘दा हरुलाई ध्यान दिई धान खेतमा माछा पालन गर्ने हो भने एकै ठाउ‘बाट दुई बाली उत्पादन सजिलै लिन सक्छन् । अब आफै सोचौं धान खेतमा पालन गर्ने कि पोखरीमा ? एक पटक यो प्रविधि अपनाएर त हेर्नु होस् तब मात्र थाहा पाउन सक्नुहुनेछ । कृषि गुरूबाट 

merokhabarsathi

Read Previous

पश्चिममा डुवानको खतरा देखिए पछि सुरक्षित रहन चेतावनी

Read Next

दक्षिण अफ्रिकाविरुद्ध टस जितेर ब्याटिङ गर्दै पाकिस्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *