Breaking News :

पश्चिममा डुवानको खतरा देखिए पछि सुरक्षित रहन चेतावनी

मनसुन सक्रिय भएसँगै पश्चिम नेपालमा ठूलो वर्षा भइरहेको छ ।

बाढी पूर्वानुमान महाशाखाले नेपालगञ्ज आसपासमा वर्षाले सतर्कता तह पार गरेको जनाएको छ । वर्षा हुने क्रम जारी रहेकोले डुवानको खतरा देखिएको छ ।

आपतकालिन कार्यसञ्चालन केन्द्रले सतर्क रहन आग्रह गरेको छ ।

‘हाल दिनको एक बजे नेपालगञ्ज वर्षामापन केन्द्रमा वर्षाले सतर्कता तह पार गरेको छ र वर्षा हुने क्रम जारी छ। चुरेबाट शुरु भइ बाँके जिल्ला भएर बहने डुडुवा, मानखोला, झिंझरी लगायत स–साना सवै खोलानाला आसपास सतर्क रहौँ। नेपालगञ्ज उमनपाको होचा स्थानहरुमा पनि डुवान हुनसक्छ सतर्क रहौँ’, आपतकालिन कार्यसञ्चालन केन्दले सूचना जारी गरेर भनेकाे छ ।

merokhabarsathi

Read Previous

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

Read Next

धान खेतमा माछापालन यसरी गर्नुहाेस (सम्पूर्ण जानकारी र विधीसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *