Breaking News :

लगातारको झरी नपरे नि बदली र वर्षाको सम्भावना

पूर्वबाट सक्रिय अवस्थामा नेपाल छिरेको मनसुन पश्चिम तिर जाने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम पुगिन सकेको भए पनि मनसुनको प्रभाव देशभर नै देखिएको मौसमविदहरुले बताएका छन् ।

मनसुनकै कारण देशभरको मौसम शनिबारदेखि नै बदली भएको हो । देशभरका स्थानमा बदली भइ पानी पर्ने गतिविधि बढेको बताएका छन्।

लगातारको झरी पर्ने सम्भावना नरहे पनि दिनभरजसो बलदी भइ पानी पर्ने सम्भावना छ । केहीबेर घाम लागे पनि पुनः बदली भइ पानी पर्ने देखिएको छ । लगातारको झरी पर्नका लागि अझै केही समय लाग्ने मौसमविदले बताएका छन् ।

आइतबार पनि देशभरको मौसम बदलीको अवस्थामा छ । मध्य र पश्चिमका क्षेत्रमा सामान्यदेखि पूर्ण बदली र पूर्वमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।

merokhabarsathi

Read Previous

वर्षाका कारण सडक हिलाम्मे,सवारी आवागमनमा कठिनाइ, प्रहरी चौकिनै सारियो

Read Next

राष्ट्रपतिदेखि संवैधानिक पदाधिकारीलाई महाअभियोग लगाउने कानुन बन्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *