Breaking News :

बाघको आक्रमणबाट घाइते सुवेदीको उपचारको क्रममा निधन

बाघको आक्रमणबाट घाइते भएका माडी कल्याणपुर घर भएका गंगाधर सुवेदीको उपचारको क्रममै निधन भएको छ । भरतपुर अस्पतालमा उपचार गराईरहेकी सुवेदीको शनिबार दिउँसो करीब ३:३० बजे मृत्यु भएको रेवा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिव बहादुर कार्कीले जानकारी दिए ।

गत असार ३ गते दिउँसो करीब १२:४० बजे माडीको सिमरा गाउँनजिकै काँसघारीमा पशुचौपाया चराउँदै गरेको अवस्थामा माडी नगरपालिका वडा नं. ६, कल्याणपुर तमुचोक निवासी अन्दाजी ४५ बर्षका सुवेदीलाई बाघले आक्रमण गरेको थियो । बाघले आक्रमण गरेलगत्तै नजिकै रहेका गोठालाहरुले होहल्ला गर्दै बाघलाई धपाएका थिए । उनको टाउको र शरीरका अन्य भागहरुमा गहिरो घाउ लागेको थियो ।

merokhabarsathi

Read Previous

बर्षाको कारण चितवन च्याम्पियनसिपको फाईनल खेल अवरुद्ध

Read Next

वर्षाका कारण सडक हिलाम्मे,सवारी आवागमनमा कठिनाइ, प्रहरी चौकिनै सारियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *