Breaking News :

वर्षासँगै आएको बाढीले चितवनको माडी–ठोरी सडक अवरुद्ध

फाइल फोटो

बिहानदेखि लगातार परेकोको वर्षासँगै आएको बाढीले चितवनको माडी–ठोरी सडक अवरुद्ध भएको छ ।

माडी नगरपालिका वडा नं ३ र ४ को सीमानामा पर्ने मगई खोलामा आएको बाढीले सडक अवरुद्ध भएको हो । बिहान साढे ८ बजेदेखि सडक अवरुद्ध भएपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन् ।

सो खोलामा अहिले पक्की पुल निर्माण भइरहेको छ । बाढीले पुल निर्माणमा प्रयोग गरिएका तीनवटा जेनेरेटरसमेत पुरेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ।

पानी पर्न नरोकिएसम्म सडक सञ्चालन गर्न सम्भव नरहेको प्रहरीले बताएका छन्।

merokhabarsathi

Read Previous

असार १० गते नेपाल बन्द, (विज्ञप्ति सहित)

Read Next

अब भारत छिर्न पनि नेपालीलाई भिसा चाहिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *