असार १० गते नेपाल बन्द, (विज्ञप्ति सहित)

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असार १० गते नेपाल बन्दको घोषणा गरेको छ ।

बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले असार १० गते बन्द घोषणा गरेको हो । पार्टी महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनका थप कार्यक्रमसमेत घोषणा गरेको छ ।

असार ७ गते प्रचारप्रसार, ८ गते कोणसभा र घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

merokhabarsathi

Read Previous

भतेरीमा दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते

Read Next

वर्षासँगै आएको बाढीले चितवनको माडी–ठोरी सडक अवरुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *