Breaking News :

हनामी पाँचौँ चितवन च्याम्पियनसिप : जु फुटबल क्लब तेस्रो

भरतपुरमा जारी पाँचौँ हानामी चितवन च्याम्पियनसिप अन्तर्गत जु फुटबल क्लब तेस्रो भएको छ । चितवन च्याम्पियनसिपको पूर्व विजेता समेत रहेको जु फुटबल क्लब यस प्रतियोगितामा तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको हो ।

आज तेस्रो स्थानका लागि जु फुटबल क्लब जुगेडी र देशभक्त फुटबल क्लब नवलपरासीबीच प्रतिस्पर्धा हुने भनिए पनि प्राविधिक कारणले देशभक्त फुटबल क्लब सहभागी नहुँदा जु फुटबल क्लब तेस्रो भएको हो । प्रतियोगिताको आयोजक एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकोटाका अनुसार देशभक्त फुटबल क्लबले प्राविधि कारण देखाउँदै आजको खेलमा सहभागी नजनाएको हो । देशभक्त सहभागी नभएपछि जु फुटबल क्लबलाई स्वतः तेस्रो घोषित गरिएको छ ।

प्रतियोगिताको तेस्रो स्थान हासिल गरेसँगै जु फुटबल क्लबले ५० हजार रुपैयाँ पुरस्कार पाउने देवकोटाले जानकारी दिए । यसैगरी, प्रतियोगिताको भोलि फाईनल खेल हुनेछ । फाइलन खेलमा नवलपुरको अभिषेक चर्च रजहर र भरतपुरमा रहेको जुनियर प्रहरी अधिकृत शिक्षालयको खेलाडीबीच प्रतिस्पर्धा हुने देवकोटाले बताए ।

अभिषेक चर्चले जु फुटबल क्लब जुगेडीलाई हराउँदै फाईनल प्रवेश गरेको थियो भने प्रहरीले देशभक्त फुटबल क्लबलाई हराउँदै फाईनल प्रवेश गरेको थियो । प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउने एभरेष्ट क्लबका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए । त्यस्तै उपविजेता समूहले एक लाख ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पाउने पनेरुले बताए ।
सो प्रतियोगितामा बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई १०/१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने पनेरुले जानकारी दिए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने पनेरुले बताए ।

असार ७ गतेसम्म भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हनामी इन्टरनेशनल एजुकेशन, सह–प्रायोजकको रुपमा अल्फाबिटा चितवन र स्पोर्टस् वेयर क्लेम रहेका छन् । प्रतियोगिताको दोस्रो पुरस्कार प्रायोजक ध्रुव बजार व्यवस्थापन समिति तथा तेस्रो पुरस्कारको प्रायोजन ग्लोबल स्टार इन्जिनीयरिङ कन्सल्टेन्सीले गरेको छ । प्रतियोगिताको उत्कृष्ट खलाडी प्रायोजक मनकामना अस्पताल प्रालि, टिकट प्रायोजक ग्रेस इन्टरनेशनल एजुकेशन तथा सहयोगी संस्थाको रुपमा पुष्पाञ्जली अस्पताल प्रालि तथा नेपाल पोलिटेक्निक इन्स्टिच्युट रहेका छन् ।
प्रतियोगिता अन्तर्गत पुरस्कारका लागि पाँच लाख ६० हजार रुपैयाँ छुट्याइएको छ भने प्रतियोगितामा सहभागी हुने सबै टिमका लागि प्रति खेल पाँच हजार रुपैयाँका दरले यातायात खर्च प्रदान गरिने छ । फिफा नियमअनुसार खेलाइने सो प्रतियोगिता अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । टिकट काटेर खेल हेर्ने दर्शकहरुमध्येबाट हरेक दिन एक जनालाई लक्की ड्र मार्फत मोबाइल पुरस्कार प्रदान गरिदै आएको छ ।

प्रतियोगिताको फाइनल खेल अवलोकन तथा समापनका लागि शनिबार उज्यालो नेपालका अभियान्ता पूर्व उर्जामन्त्री एवम् नेकपाका नेता जनार्दन शर्मा आउने आयोजकले जनाएको छ ।

merokhabarsathi

Read Previous

नेपाली चलचित्र ‘आप्पा’ नेपाल देखि भारत सम्म एकैसाथ प्रदशन हुने

Read Next

सक्रिय बन्दै मनसुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *