Breaking News :

मिडिया काउन्सिल विधेयक फिर्ता लिन दबाब दिँदै चितवनका पत्रकारले बुझाए प्रधानमन्त्रीलाई हस्ताक्षर

नेपाल पत्रकार महासंघ चितवनले मिडिया काउन्सिल विद्येयक खारेज गर्न माग गर्दै संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमा हस्तान्तरण गरेको छ ।

आज शुक्रवार नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई सो हस्ताक्षर संकलन गरी हस्तान्तरण गर्नुभएको हो । चितवनमा तीन दिनसम्म संकलन गरेको हस्ताक्षर कपि प्रमुख जिल्ला अधिकारीलाई जिम्मा लगाइएको हो । सो हस्ताक्षर संकलन बुझाउदै सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विद्येयक स्वतन्त्र पत्रकारको विरोधि कानुन रहेको भन्दै खारेज गर्न पत्रकारहरुले  माग गरेका छन् । हामि  नियम नियमन गर्छौ तर यो नियमनको नाममा नियन्त्रण गर्न खोजिएको जस्तो भयो भन्दै पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष खतिवडाले  स्वतन्त्र पत्रकार कै विरुद्द यो विधेक रहेको बताउनुभयो।संकलित हस्ताक्षर बुझ्दै प्रमुख जिल्ला अधिकारी वस्नेतले हस्ताक्षर प्रधानमन्त्री ओलीसमक्ष पठाउने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

महासंघको केन्द्रको निर्णय अनुसार तेश्रो चरणको आन्दोलनका कार्यक्रम अन्र्तगत हस्ताक्षर संकलन गरिएको थियो ।

merokhabarsathi

Read Previous

धादिङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

Read Next

नेपाली चलचित्र ‘आप्पा’ नेपाल देखि भारत सम्म एकैसाथ प्रदशन हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *