Breaking News :

बोस्टन कलेजले देशको अर्थतन्त्रको विषयमा अन्तरक्रिया कार्यक्रम गर्दै

बोस्टन इन्टरनेशनल कलेज भरतपुरले रास्ट्रिय अर्थतन्त्र, बजेटको वर्तमान अवस्था र यसको चुनौतीहरुको विषयमा अन्तरक्रिया कार्यक्रम गर्नेभएको छ।बोस्टन कलेज र चितवन उद्धोग वाणिज्य संघको सयुक्त्त आयोजनामा असार ८ गते बिहान ९ बजे बाट कार्यक्रम गर्न लागिएको हो।

विरेन्द्र बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख प्राध्यापक डा. केशवभक्त सापकोटा, नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक मानबहादुर थापा, नेपाल राष्ट्र बैंकका अर्का पुर्वकार्यकारी निर्देशक झनक शर्मा पौडेल उद्दोग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, चितवन उद्धोग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेल, नयाँ पत्रिका दैनिकका आर्थिक व्युरो प्रमुख जनार्दन बरालको उपस्थितिमा विद्यार्थीहरुले रास्ट्रिय अर्थतन्त्र र बजेटको वर्तमान अवस्था बारे अन्तरक्रिया गर्ने बोस्टन कलेज भरतपुरका एसोसिएट डाइरेक्टर पुष्पराज अधिकारिले जानकारी दिनुभयो।  कार्यक्रममा आर्थिक बर्ष २०७६/७७ को बजेट माथि छलफल तथा अन्तक्रिया हुने अधिकारीले बताउनुभयो।

कलेजमा हालै मात्र गठन भएका १० वटा क्लबका सदस्य विद्यार्थीहरुले उक्त कार्यक्रममा सहभागी भई छलफल तथा अन्तक्रिया गर्ने बताईएको छ । यस किसिमका कार्यक्रमको माध्यमबाट विद्यार्थीहरुले राष्ट्रिय अर्थतन्त्र र बजेटको वर्तमान अवस्था बारे जानकारी पाउने कलेजको विश्वास रहेको छ ।

merokhabarsathi

Read Previous

योगको सुरुवात नेपाल बाट भएको उपराष्ट्रपति पुनको दावी

Read Next

आज बर्षकै सबै भन्दा लामो दिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *