अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
उपराष्ट्रपति नन्द बहादुर पुनले योगको सुरुवात नेपालबाट भएको बताउनुभएको छ।
पाँचौ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति चितवनले आयोजना गरेको योग शिविरको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले योगको सुरुवात नेपालवाट भएको वताउनुभएको हो ।
योग कहाँबाट उत्पत्ति भयो भन्ने र यसको परिभाषाबारे यससँग सम्बन्धित विज्ञहरुले भिन्न भिन्न कोणबाट तर्क गरेको भन्दै उहाँले भन्नुभयो। “विद्वानहरुले योगको सुरुआत शिव र पार्वतीको संवादबाट भएको र शिव पार्वतीको वास नेपालकै हिमालय क्षेत्रमा भएको तर्क गर्दै आएका छन्। ” उहाँले थप्नुभयो “वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग, ध्यान र आयुर्वेदका माध्यमबाट प्राचीनकालमा मानिसले मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति गर्ने गरेको मानिन्छ ।”
योगले आत्मिक शान्ति दिएर सुखी पनि बनाईरहेको भन्दै उहाँले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विश्वभरका योग अनुरागीहरुमा उहाँले शुभकामना पनि व्यक्त गर्नु भयो ।
अन्तर्राष्ट्रिय योग दिवस समारोह समिति चितवनका संयोजक ज्ञानेन्द्र विक्रम महतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्वर ३ का अध्यक्ष नारायण दाहाल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, टंकनाथ पौडेल, रामप्रसाद वस्ती लगाएतले वोल्नु भएको थियो ।
सो अवसरमा उपराष्ट्रपति पुन, उहाँकी धर्मपत्नी हस्तमालीनि पुन लगाएत उपस्थित भएकाहरुले योग गर्नु भएको थियो ।