Breaking News :

आज पाँचौ अन्तर्राष्ट्रिय योग दिवस

‘योग गरौं, निरोगी बनौं’ भन्ने नाराका साथ आज पाँचौ अन्तर्राष्ट्रिय योग दिवस मुलुकभर योग सम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै।

पतञ्जलि योगपीठ नेपालको आयोजनामा आज विहानै ५ बजेदेखि देखि ७७ वटै जिल्लामा योग शिविर सञ्चालन गरिदैछ।

२०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघमा अन्तरास्ट्रिय योग दिवस मनाउने प्रस्ताव गरे अनुसार २०१४ बाट अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरिएको हो । जुन २१ गते विश्वमा १७५ वटा देशहरुमा योग शिविर मनाइन्छ । जसअनुसार नेपालको पनि ७७ वटै जिल्लामा आज योग शिविरका कार्यक्रम आयोजना गरिएको छ ।

मानिसको आहार विहार, जीवनशैलीमा आएको परिवर्तनले विश्वमा शारीरिक, मानसिक र सामाजिक जीवन तनावपूर्ण बन्दै गएको र त्यसबाट मुक्त हुन योगाभ्यास गर्नेको सङ्ख्या पनि हाल बढ्दै गएको पाइएको छ ।

 

merokhabarsathi

Read Previous

सुरुङभित्र १७ कामदार थुनिए

Read Next

योगको सुरुवात नेपाल बाट भएको उपराष्ट्रपति पुनको दावी

Leave a Reply

Your email address will not be published. Required fields are marked *