रसुवा-उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्र अलपत्र परेका छन् ।
रसुवाको गोसाइकुण्ठ गाउँपालिका–२ मा पर्ने आयोजना स्थलमा बिहीबार साँझ करिब साढे ८ बजेतिर अकास्मत सुख्खा पहिरो गएको हो ।
घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।