पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा एक युवाको मृत्यु: कर्मचारीको लापरवाहीले भएको आफन्तको आरोप

चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा एक युवाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका १५ सिमलार मैनापुरका भोज बहादुर पाण्डे र देउमाया पाण्डेका १७ वर्षीय छोरा लेखराज पाण्डेको उपचारका क्रममा विहिवार साँझ मृत्यु भएको हो । जेठ ९ गत्ते मोटरसाईकल दुर्घटनामा परी घाईते भएका लेखराखलाई जेठ १० गत्ते पुरानो मेडिकल कलेजमा उपचारका लागी ल्याएको परिवारले बताएको छ। विरामिका आफन्तले अस्पतालमा कार्यरत कर्मचारीको लापार्वाहिले गर्दा मृत्यु भएको आरोप लगाएका छन्।

लेखराजको टाउकोमा रगत जमेकाले अप्रेसन गरीएको र सो क्रममा थोरै हड्डी समेत नीकालीएको मृतकका बुबा भोज बहादुरले बताए । उनले भने ‘१० दिनको उपचारपछि छोरो धेरै ठिक भईसकेको थियो, उ सबैसँग बोल्ने अवस्थामा पुग्यो र गत जेठ २५ गत्ते अपरान्ह ४ बजे ह्वुईलचियरबाट लडेका थिए । त्यसपछि छोरोको अवस्था विग्रदै गएको हो।’ विरामिको हेरचाहमा खटिएका कर्मचारीले लापार्वाहि गर्दा छोराको मृत्यु भएकाले दोषीलाई छानविन गरी कार्वाहि गर्नुपर्ने आफन्तको माग छ । उनिहरुले छानविन गर्नुपर्ने, आफु ह्वुईलचियरबाट लडेको भनेर मृत्यु हुनेभन्दा अघिनै भनेकाले सो समयको सिसि क्यामेरा फुटेज हेर्नुपर्ने माग गरेका छन ।

उनिहरुले सव जिम्मा लिन मानेका छैनन । उता मेडिकल प्रसासनले भने घटनाको थप अनुसन्ध भईरहेको जनाएको छ ।

merokhabarsathi

Read Previous

विप्लवद्वारा भोलि विद्यालय बन्दको घोषणा

Read Next

सुरुङभित्र १७ कामदार थुनिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *