नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी (विप्लव) ले भोलि शुक्रबार उपत्यकाका तीन जिल्लासहित ११ जिल्लामा शैक्षिक हड्ताल आह्वान गरेको जनाएको छ।
सो संगठनले विद्यार्थी नेता कार्यकर्ताहरुको गैरन्यायिक गिरफ्तारीको विरोध भन्दै काठमाडौं, ललितपुर, भक्तपुरसहित धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा १ दिने आम शैक्षिक हड्ताल गर्ने जनाएको हो ।
विद्यार्थी नेताहरु गिरफ्तार परेका जिल्लाहरुमा शुक्रबार एकदिने शैक्षिक हड्तालको आह्वान गरिएको अखिल क्रान्तिकारी का अध्यक्ष चिरन्जीवी ढकालले जानकारी दिएका छन् ।