Breaking News :

पशुपति क्षेत्रमा गाँजा खुला गर्न कोमल वलीको माग

राष्ट्रियसभा सदस्य कोमल वलीले पशुपति क्षेत्रमा गाँजा खुला गर्न माग गरेकी छिन् ।

बिहीबारको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसद ओलीले विश्वका अरु देशले गाँजालाई सामान्य बनाइ सकेको अवस्थामा नेपालमा मात्र प्रतिबन्ध लगाउन उपयुक्त नभएको बताइन् ।

‘विश्व अन्य देशमा पनि गाँजा छुट छ, यहाँ किन प्रतिबन्ध ? पशुपति क्षेत्रमा गाँजा रोक लगाउनु हुन्न, वलीले भनिन् ।

पशुपति क्षेत्र विकास कोषलाई शिवरात्रीमा समेत गाँजामाथि रोक लगाउँदै आएको छ । तर, लुकीचोरी भने पशुपति क्षेत्रमा सधैँ गाँजाको प्रयोग तथा बिक्री हुँदै आएको छ ।

विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले युवामा नकारात्मक दिसामा लाग्ने भएकाले प्रतिबन्ध गरिएको दाबी गरे । उनले भगवानालाई गाँजा, भाङ धतुरो नै चाहिन्छ भन्ने कुरा गलत भएको जिकिर गरे ।

समितिमा पशुपति क्षेत्र विकास कोषको बृहत् गुरु योजना कार्यान्वयनबारे छलफल भएको थियो ।

merokhabarsathi

Read Previous

माडीमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजबाट सुरु

Read Next

विप्लवद्वारा भोलि विद्यालय बन्दको घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *