Breaking News :

हनामी पाँचौँ चितवन च्याम्पियनसिपः अभिशेक चर्च फाईनलमा प्रवेश

भरतपुरमा जारी पाँचौँ हानामी चितवन च्याम्पियनसिप अन्तर्गत आज (बिहीबार)को खेलमा विजयी बन्दै नवलपुरको अभिशेक चर्च रजहर फाईनलमा प्रवेश गरेको छ ।

जु फुटबल क्लब जुगेडीलाई २–१ गोल अन्तरले पाखा लगाउँदै अभिशेक चर्च फाईनल प्रवेश गरेको हो । अभिशेक चर्चको तर्फबाट प्रतियोगिताको ४६ र ६७ औँ मिनेटमा विदेशी खेलाडी योनिकले दुई गोल गरेका थिए । ४५औँ मिनेटमा जु फुटबल क्लबका विदेशी खेलाडी ओलाओलेले एक गोल गरेको भएपनि जु फुटबल क्लब फाईनल प्रवेश गर्न सकेन । आजको प्रतियोगिताको अभिशेक चर्चको खेलाडी म्यान अफ दी म्याच योनिक घोषित भएका छन् ।

सेमीफाईनलबाट बाहिरिने दुई टिमबीच भोलि शुक्रबार पुनः प्रतिस्पर्धा हुने आयोजक एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकाटोले बताए । देशभक्त फुटबल क्लब नवलपरासी र जु फुटबल क्लबबीच हुने प्रतियोगितामा विजयी हुने टिम पाँचौँ चितवन च्याम्पियनसिपको तेस्रो टिम हुनेछ । तेस्रो हुने टिमले नगद ५० हजार रुपैयाँ पुरस्कार पाउने एभरेष्ट क्लबका सचिव विकास अधिकारीले जानकारी दिए ।

merokhabarsathi

Read Previous

पशुपति क्षेत्र विकास कोषलाई भेटी र आर्थिक कारोबार सार्वजनिक गर्न निर्देशन

Read Next

माडीमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजबाट सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *