सर्लाहीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा चन्द समूहका एक जनाको मृत्यु भएको छ ।
सर्लाहीको लखनदेही खोला किनारमा गस्तीमा रहेको प्रहरी र मोटरसाइकलमा रहेका समूहबीच विहीवार दिउँसो गोली हानाहान भएको हो ।
प्रहरीले चेकजाँज गर्ने क्रममा भएको झडपमा प्रहरीको गोली लागेर विप्लव समूहको सर्लाही इञ्चार्ज कुमार पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।
पौडेलको साथबाट एक थान पेस्तोल र कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।