प्रचण्ड-नेपाल समुहलाई सुर्य चिन्हको देखावटी माया हो : महेश बस्नेत
भरतपुर महानगरपालिका वडा न १६ काप्रेघाटमा मिनी पानि जहाज अर्थात् मोटरबोट बनाइदै छ। काप्रेघाट नजिकैको नारायणी नदीको खोल्सामा गोप्य रुपमा यसको निर्माण भइरहेको छ । वरपर टिनले बारिएको छ कसैलाई पनि भित्र पस्ने अनुमति भने दिइएको छैन । वरपरका मानिसहरु बाहिरैबाट हेरेर फर्कने गर्दछन।
भारतको केरलाबाट आएका प्राविधिकले काम गरिरहेका छन् । राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले २५ करोडको लगानीमा निर्माण गर्नलागेको मिनी पानीजहाज अर्थात् मोटरबोटमा तीनसय जना यात्रुले यात्रा गर्न सक्नेछन् ।‘दुई तले ‘मिनी पानीजहाज’को माथिल्लो भागमा मानिसहरु बस्ने मिल्ने गरी सिटहरु तयार हुँदैछ ।
चितवनका रामचन्द्र कँडेलसहितको ५/६ जना युवाहरुको समूहले निर्माण गरिरहेको यो मोटरबोट डेढ वर्षदेखि यो समूह यसको निर्माणको तयारीमा निरन्तर लागिरहेको बातएका छन्। अहिले फलामको ‘स्ट्रक्चर’ बनाउने काम भइरहेको छ । केही दिनमा नै नारायणी नदीको पानीमा राखेर थप संरचना बनाउने र त्यसको ‘वेट ब्यालेन्स’ हेर्ने काम हुनेछ । ज्ञानेश्वर सामुदायिक वन क्षेत्रमा निर्माण भइरहेको मिनी मोटरबोटलाई अबको केहि समयमा नै संचालन आउने बताइएको छ।