नागरिक समुह चितवनले युवा लक्षित कार्यक्रम गर्दै

नागरिक समुह चितवनले युवाहरुलाई लक्षित गर्दै ‘युवा र उद्दमशिलता, स्वाभिमान र समृद्दी हाम्रो आवश्यकता’ बिषयक समारोह तथा अन्तरक्रियात्मक कार्यक्रम गर्ने भएको छ । युवाहरुको बिकास र प्रवर्द्दनका लागि उक्त कार्यक्रम गर्न लागिएको बुधवार नारायणगढमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

कार्यक्रमको माध्यमबाट देशको वर्तमान अवस्थामा युवाहरु प्रती बढेको निराशा, बेरोजगारी समस्या, बैदेशिक रोजगारीको बाध्यतालाई न्युनिकरण गर्नका उत्प्रेरणा दिईने नागरिक समुह चितवनका संयोजक प्रविन अर्यालले जानकारी दिए । कार्यक्रममा राष्ट्रियता, आत्मनिर्भरता र स्वतन्त्रताको बारेमा युवाहरुलाई सचेत गराईने अर्यालले बताए । यस्तै युवा र उद्दमशिलताको बारेमा छलफल गरिने उनले बताए ।

युवाहरुलाई देशमा नै रोजगार सृजना गर्न सकिन्छ भन्ने चेतना फैलाउनु कार्यक्रमको अर्को उद्देश्य रहेको नागरिक समुहका केन्द्रिय सचिव कृष्ण प्रसाद पौडेलले बताए । देशमा कृषि जलस्रोत र पर्यटनमा भएको सम्भाव्यताको बिषयमा छलफल गर्दै युवा उद्दमीहरुको बिचार लिने र अन्तरक्रिया गरिने उनले बताए ।

कार्यक्रमका नागरिक समुहका केन्द्रिय अध्यक्ष निगम हुमागाई, युवा उद्दमी तथा अभियन्ता मनिष झा, युवा उद्दमी डा स्निधा मैनाली, सुस्ता बचाउ अभियानका अभियन्ता गोपाल गुरुङ र युवा उद्दमी बिशाल भट्टराई लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ । उद्ध्योग बाणिज्य संघ चितवनको सभाहलमा हुने कार्यक्रममा ३ सय भन्दा धेरै युवाहरुको सहभागीता रहने आयोजकको अनुमान रहेको छ । प्रवेश निशुल्क रहने कार्यक्रम बिहान १०:३० बजेबाट शुरु हुनेछ । बि स २०७० पौष २५ गते स्थापना भएको नागरिक समुहले यस अघी देशका बिभिन्न ठाउँमा युवा लक्षित कार्यक्रम गरिसकेको छ भने चितवनमा पहिलो पटक कार्यक्रम गर्न लागेको हो ।

merokhabarsathi

Read Previous

फ्ल्यास न्युज:- प्रधानमन्त्रीलाइ कालो झण्डा ! (प्रक्राउ पर्नेको नामावली सहित)

Read Next

आजपनि एक युवती नारायणी पुलबाट हाम फालेर बेपत्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *