Breaking News :

फ्ल्यास न्युज:- प्रधानमन्त्रीलाइ कालो झण्डा ! (प्रक्राउ पर्नेको नामावली सहित)

पछिल्लो समय चर्चित गुठि विधेयकको बिरोधमा किर्तिपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ ।

नेपाली कांग्रेस किर्तिपुर नगर समितिको आयोजनामा कालोझण्डा देखाइएको स्रोतले बताएको छ । कलंकी मालपोत कार्यालयमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बिहान केही व्यक्तिहरुले कालो झण्डा देखाएका थिए । कालो झण्डा देखाउने केहि व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्रोतका अनुसार नगरसभापति कृष्णमान डंगोल, नगरसमिति कोषाध्यक्ष राजिता गौतम र क्षेत्रिय प्रतिनिधि नरेश राज पाण्डे रहेका छन् । प्रहरीको लाठी चार्ज बाट केहि प्रर्दशनकारी घाइते समेत भएका छन् । नेपाली कांग्रेस जिल्ला सदस्य हिमाल कार्की, क्षेत्रिय सदस्य श्याम सुन्दर सेढाई,तरुण दल सदस्य असोक ढुंगाना घाइते भएका छन् ।

प्रहरीका अनुसार पक्राउ परेकालाई अहिले महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ । ‘नमूना’ भनिएको कलंकी मालपोत कार्यालय उदघाटनका लागि प्रधानमन्त्री ओली बुधबार बिहान त्यहाँ पुगेका थिए ।

merokhabarsathi

Read Previous

योगीनरहरिनाथ संस्कृत गुरुकुलका बटुकलाई लत्ताकपडा सहयोग

Read Next

नागरिक समुह चितवनले युवा लक्षित कार्यक्रम गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *