Breaking News :

गोताखोरको टोली बेपत्ताको खोजी गर्न खटियो, सिसा बाहेक केहि भेटिएन

कर्णाली नदीमा मंगलबार जिप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोरको टोली घटनास्थल पुगेको छ ।
प्रहरी निरीक्षक लक्ष्मण बस्नेतको नेतृत्वमा १० जना गोताखोरको टोलीले घटनास्थलमा खोजी कार्य सुरु गरेका छन् ।

जिप खसेको स्थानमा केहीबेरअघि खोजी कार्य गरेको उक्त टिमले त्यहाँ केही पनि नभेटिएको जनाएको छ । जिप नदीमा खस्दा भीरमा अल्झेका केही सिसाका टुक्रा बाहेक अरु केही भेटिएको छैन ।

कर्णाली नदीको पानी चिसो र बहाब बढी भएका कारण खोजी कार्यमा कठिनाइ भएको गोताखोर समूहले बताएको छ ।

merokhabarsathi

Read Previous

गुठी विधेक खारेजी गर्न माग गर्दै माइतीघरमा विशाल प्रदर्शन (फोटो फिचर)

Read Next

योगीनरहरिनाथ संस्कृत गुरुकुलका बटुकलाई लत्ताकपडा सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *