प्रचण्ड-नेपाल समुहलाई सुर्य चिन्हको देखावटी माया हो : महेश बस्नेत
रविना पौडेल,चितवन। ‘योग गरौं, निरोगी बनौं’ भन्ने नाराका साथ चितवनमा पाँचौ अन्तराष्ट्रिय योग दिवस मनाइने भएको छ ।
असार ६ गते पाँचौँ अन्तर्राष्टिय योग दिवसको अवसरमा चितवनको भरतपुरमा योग शिविर हुने भएको हो । पतञ्जली योग समिति चितवनको आयोजनामा जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा हुने शिविरको नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने आयोजकले बताएको छ।
आज भरतपुरमा पत्रकार सम्मेलन गरि बिहान ५ देखि ७ बजेसम्म शिविर सञ्चालन हुने प्रचाप्रसार समितिका संयोजक टंकनाथ पौडेलले जानकारी दिनुभयो। चितवनलाई योगमय बनाउने कार्यमा पतञ्जली योग समिति चितवन लागि परेको बताउदै शिविर आउनको लागि सबैलाई आग्रह गर्नुभयो ।
पाँचौं अन्तर्राष्ट्रिय योग दिवस जिल्ला समारोह समिति चितवनका संयोजक तथा पुर्व डीआइजी ज्ञानेन्द्रविक्रम महतले योग स्वास्थ्यको लागि लाभदाहिक रहेको बताउदै यो मानव जीवनमा महत्वपूर्ण रहेको बताउनुभएको छ। कार्यक्रमलाई व्यवस्थित तवरले लैजान महत्वको संयोजकत्वमा १११ सदस्यीय अन्तर्राष्ट्रिय योग दिवस जिल्ला समारोह समिति गठन गरिएको छ ।
योगपिठाधिस उमाशंकर अग्रवालका अनुसार शिविरको सम्पूर्ण तयारी भैसकेको छ। योग सबै उमेर समुहका मानिसको लागि फाईदाजनक हुनेहुनाले सबै जनालाई अग्रवालले कार्यक्रममा सहभागी जनाउनका लागि आग्रह गर्नुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले योग मानव स्वास्थ्यको लागि निकै महत्वपूर्ण रहेको बताउनुभएको छ।
२०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघमा अन्तरास्ट्रिय योग दिवस मनाउने प्रस्ताव गरे अनुसार २०१४ बाट अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरिएको हो । जुन २१ गते विश्वमा १७५ वटा देशहरुमा योग शिविर मनाइन्छ । जसअनुसार नेपालको पनि ७७ वटै जिल्लामा योग शिविरका कार्यक्रम आयोजना गरिएको छ ।
मानिसको आहार विहार, जीवनशैलीमा आएको परिवर्तनले विश्वमा शारीरिक, मानसिक र सामाजिक जीवन तनावपूर्ण बन्दै गएको र त्यसबाट मुक्त हुन योगाभ्यास गर्नेको सङ्ख्या पनि हाल बढ्दै गएको पाइएको छ ।