हुम्लाको तल्लोखार्पुबाट जिल्ला सदरमुकाम तर्फ जाँदै गरेको लु १ ज ७१६६ नम्बर महेन्द्रा जीप कर्णाली नदीमा खसेको छ। सडकबाट २० मिटर तल जिप खस्दा ७ जनाको मृत्यु भएको छ।
मंगलबार दिउँसो करिब साढे १२ बजेतिर जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् ।
उनका अनुसार उद्धारका लागि दुई हेलीकप्टर घटनास्थलमा पुगेका छन्।