अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले संसद बैठक सुरु भए लगत्तै रोस्टम घेराउ गरेका छन् ।
संसद बैठकमा प्रधानमन्त्री या प्रमुख विपक्षी दलको नेताले पहिले बोल्ने भन्ने बारे विवाद भइरहेका बेला सभामुख कृष्णबहादुर महराले बैठक सुरु गरे ।
उनले सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न दिएपछि विपक्षी कांग्रेसका सांसदले रोस्टम घेराउ गरेका हुन् ।
उनीहरुले संसदको मर्यादा कायम गर्नु पर्ने तथा अभिव्यक्ति स्वतन्त्रता कायम गर्नु पर्ने मागसहितका नारा लगाएका छन् । सत्ता पक्षका सांसदले टेबुल ठटाएका छन् ।