चितवनको भरतपुरमा जारी पाँचौँ हनामी चितवन च्याम्पियनसिप अन्तर्गत आज सोमबार भएको खेलमा देशभक्त फुटबल क्लब नवलपरासी विजयी भएको छ ।
क्वाटर फाईनल अन्र्तगत आज तेश्रो दिन भएको खेलमा ३-२ का अन्तरले हर्दी युवा समाज भण्डारालाई हराउदै देशभक्त फुटबल क्लब नवलपरासी सेमीफाईनल प्रवेश गरेको छ । हर्दी युवा समाजका ७ नम्बर विज्ञान चौधरीले २४ औँ मिनेटमा गरेको आत्मघाती गोल नै देशभक्त फुटबल क्लबलाई विजयी गराउन सफल सावित बनेको आयोजक एभरेष्ट क्लबका सचिव विकास कोइरालाले बताए ।
देशभक्त कलबका १४ नम्बर खेलाडी रन्जीत मगरले पहिलो हामको २६ औँ मिनेट दोश्रो हामको १९ औँ मिनेट गरेको गोलकै कारण उनी म्यान अफ दिन भ्याच समेत घोषित भएका थिए । भोलीको खेल सुन्टदरा फुटबल क्लब काठमाडौँ र अभिषेक चर्च रजहर विच हुने आयोजक एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए ।
आजको खेलमा जनक शिक्षा सामाग्री केन्द्रका महाप्रबन्धक महेश तिमिल्सीनाप्रमुख अतिथि रहेका थिए । भन कार्यक्रममा प्रयोजक अल्फाविटाका केन्द्रीय व्यवस्थापक धुव्रकुमारशिवाकोटी, मनिप्लान्ट सहकारीका अध्यक्ष सुेश पराजुली, सुमन देवकोटा, ओम पाण्डे,सन्तोष पनेरु लगायतको सहभागी थियो ।