बझाङ जीप दुर्घटनामा ज्यान गुमाएका ९ जना मध्ये ८ जनाको सनाखत,घाइतेलाई हेलिकप्टरबाट नेपालगञ्ज लगियो

बझाङमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाएका नौ जना मध्ये आठ जनाको सनाखत भएको छ।

सदरमुकाम चैनपुरको डुङग्रीबाट मष्टा जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप सोमबार दिउँसो डौठी भन्ने स्थानमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ भने ५ जना गम्भिर घाईते भएका छन्।

दुर्घटनामा परि मृत्यु हुनेमा मष्टा गाउँपालिका वडा नम्बर १ का कलक बहादुर खड्का, उनका एक छोरा, सोही ठाउँका जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मि द्वाल रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

घाईतेहरुको उद्धार गरी हेलीकप्टर मार्फत नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ।

merokhabarsathi

Read Previous

बझाङमा जीप दुर्घटना ९ को मृत्यु ४ घाइते

Read Next

सिंहले सुरु गरेका मोही खाने संस्कारको विकास गर्दै केसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *