बझाङको मण्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा नौं जनाको मृत्यु भएको छ। दुर्घटनामा परि चार जना घाइते भएका छन्।
दुर्घटनामा परि एक बालक, एक बालिका, तीन महिला र चार पुरुषको मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ।
बझाङको चैनपुर नगरपालिका नजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको से. १ ज १०७२ नम्बरको जीप मष्टा गाउँपालिका–१ डौठी भन्ने ठाउँमा दुर्घटनामा परेको हो।
मृतकको सनाखत हुन सकेको छैन। घाइतेकाे उद्दार कार्य भैरहेकाे प्रहरीको जनाएको छ।