Breaking News :

मिस्टर एण्ड मिस स्कुल नवलपुरको ताज सुशन र विशाललाई

जिबन रानाभाट,नवलपुर। मिस स्कुल नवलपुर २०१९ को ताज सुशन शर्माले जित्दा मिस्टर स्कुल नवलपुर २०१९ को बिशाल सापकोटाले जितेका छन् ।

युवाको व्यक्तित्व बिकाश,उनीहरुको प्रतिभाको प्रस्फोटन र सुन्दरताको खोजिमा थ्री ब्रोदर्स फोटोग्राफीको आयोजनामा भएको सो प्रतियोगितामा आफ्ना प्रतिस्पर्धीलाइ पछि पार्दै शर्मा र सापकोटाले उपाधि जितेका हुन ।उपाधि संगै उनीहरुले नवलपुर र चितवन भित्रका कुनैपनि स्कुलमा एक बर्षसम्म पूर्णरुपमा छात्रवृतिमा अध्ययन गर्न पाउने तथा ३ महिनाको फिल्म अभिनयको कक्षामा सहभागी हुन पाउने थ्री ब्रोदर्स फोटोग्राफीका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै मिस्टर स्कुल नवलपुर २०१९ को फस्ट रनरअप अन्जल श्रेष्ठ घोषित हुदा मिस स्कुल तर्फको फस्ट रनरअप स्वीकृति पोख्रेल भईन ।उनीहरुले ताज संगै ६ महिना सम्म पूर्णरुपमा छात्रवृतिमा अध्ययन गर्न पाउने तथा २ महिनाको फिल्म अभिनयको कक्षामा सहभागी हुन पाउने छन् ।त्यस्तै सेकेण्ड रनरअप भएका सक्षम पौडेल र गौरी लामालाइ ताज संगै ३ महिनाको छात्रवृति तथा १ महिनाको फिल्म अभिनयको कक्षामा सहभागी हुन पाउने छन् ।

गत बैशाख १५ गतेबाट गरिएको अडिसनमा सहभागी ४०० भन्दा बढी मध्येबाट फाइनल प्रतिस्पर्धामा २० जना छनोट गरिएको थियो ।२० मध्ये अन्तिम समयमा २ जना बिरामी परेपछि १८ जनालाई १५ दिनको प्रशिक्षण दिई फाइनल प्रतिस्पर्धाका लागि उतारिएको थियो।

merokhabarsathi

Read Previous

विश्वकप क्रिकेटमा आज बंगलादेश र वेष्ट इन्डिज प्रतिस्पर्धा गर्दै

Read Next

एसइईको परीक्षाफल असार दोस्रो साताभित्र आउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *