Breaking News :

बसको ढोकाबाट हामफाल्दा ३७ वर्षीया बालिकाको मृत्यु

चितवनमा बसको ढोकाबाट हामफाल्दा एक जनाको मृत्यु भएको छ ।

आइतबार नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु१ख ६९९१ नंको बसमा सवार रत्ननगर नगरपालिका–९ बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हामफालेकी हुन् ।

उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

merokhabarsathi

Read Previous

प्रदेश १ सरकारले ल्यायो ४२ अर्ब २० करोड बजेट

Read Next

विश्वकप क्रिकेटमा आज बंगलादेश र वेष्ट इन्डिज प्रतिस्पर्धा गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *