Breaking News :

प्रनेश गौतम साधारण तारिखमा रिहा

चलचित्रको व्यंग्यात्मक समीक्षा गरेपछि विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ परेका कलाकार प्रनेश गौतम ९ दिनपछी साधरण तारेखमा रिहा भएका हुन्।

‘स्ट्याण्डअप कमिडियन’ का रुपमा परिचित गौतम विरुद्ध शुक्रबार जिल्ला अदालत काठमाडौँमा साइबर क्राइम अन्तर्गत प्रहरीले मुद्दा दायर गरेको थियो। मुद्दामाथि थुनछेक बहस गर्दै जिल्ला अदालत काठमाडौँले आइतबार गौतमलाई साधरण तारिखमा रिहा गर्न आदेश दिएको हो।

चलचित्र ‘वीर विक्रम – २’ को व्यंग्यात्मक समीक्षा गरिएको भन्दै प्रनेशलाई जेठ २५ गते प्रहरीले पक्राउ गरेको थियो। प्रनेशले मिम नेपालको पेजबाट उक्त भिडियो समीक्षा गरेका थिए।

merokhabarsathi

Read Previous

भारतले १३६ रन बनाउदा पाकिस्तानले लियो १ विकेट

Read Next

कर्णाली प्रदेशको ३४ अर्ब ३५ करोडको बजेट,पूर्णपाठसहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *