गुठी विधेयकको विरोधमा राजधानीको बसन्तपुर दरबार क्षेत्रमा प्रर्दशन भएको छ।
ज्यापू महागुठी नेवाः केन्द्रीय समितिको आव्हानमा शनिबार बिहान बसन्तपुर दरबार क्षेत्रमा विरोध प्रर्दशन गरिएको हो। ज्यापू महागुठी अन्र्तगतका विभिन्न गुठीका गुठीयार तथा सर्वसाधरण सम्मिलित प्रर्दशनमा परम्परागत धार्मिक, सांस्कृतिक धरोहर अतिक्रमण गर्ने गरि गुठी विधेयक ल्याईएको भन्दै विरोधमा नाराबाजी गरिएको थियो।
प्रर्दशनकारीले नेवाः एकता जिन्दावाद, गुठी विधेयक खारेज गर, सांस्कृतिक अतिक्रमण बन्द गर, नेवा अब जाग्दैछ, आफ्नो अधिकार खोज्दैछ लगायतका नारा लगाएका थिए। ज्यापू महागुठी अन्र्तगतका गुठीहरुहरुको संलग्नतामा निकालिएको विरोध र्यालीले न्यूरोड, जैसीदेवल लगायतका स्थान हुदै बसन्तपुर दरबार क्षेत्र पुगी कोणसभामा परिणत भएको थियो।
सरकारले ल्याएको गुठी विधेयकको सडकदेखि सदनसम्म विरोध हुँदै आएको छ। सत्तारुद दलकै सांसदहरुले पनि यो विधेयकको विरोध गर्दै आएका छन्।