Breaking News :

कृषिमा सुधार गर्नका लागि सरकार अगाडि बढ्दै छ:- प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कृषिमा सुधार गर्नका लागि सरकारले आफ्नो नीति, योजना, बजेट सबै तिर प्रयास अगाडि बढाएको बताएका छन् ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयको आयोजनामा आजदेखि सुरु भएको कृषि प्रदर्शनी तथा कृषक मेला २०७६ को समुद्घाटन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, भू–उपयोग नीति निर्माण तथा वैज्ञानिक भूमि सुधारसँग सम्बन्धित कुराहरु ल्याएर सरकारले कृषिमा सुधार गर्न खोजीरहेको बताए ।

उनले कृषिलाई आधुनिकिरण र व्यवसायिकरण, कृषिमा उतपादन वृद्धि, युवाहरुलाई परिचालन गर्ने नयाँ अभियान नचलाएसम्म नेपालको विकासको समस्या यथार्थमा समाधान हुन नसक्ने दावी गरे । उनले विकासलाई गति दिन नसक्दा नै नेपालमा खाद्यान्न आयात गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । उनले  कृषि क्षेत्रमा विज्ञान र प्रविधिको राम्रो प्रयोग र अध्ययन अनुसन्धानलाई किसानको उत्पादनको वृद्धिसंग जोड्न सकेको भए तीन करोडलाई मात्र नभइ १० करोडलाई पुग्ने उत्पादन नेपालमै हुने बताए । अध्यक्ष प्रचण्डले भने–‘हाम्रो मूख्य संभावना भनेकै कृषिमा आधारित अर्थतन्त्र र कृषिमा आधारित उद्योगद्धारा मात्रै हो, नेपालमा आर्थिक क्रान्ति र आर्थिक समृद्धिको नयाँ युगको सुत्रपात गर्न संभव छ ।’

कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल, कृषि मन्त्रालयका सचिव युवकध्वज जोशी, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । विश्वविद्यालयका रजिष्टार मनराज कोलाक्षपतिले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम विश्वविद्यालयका उपकुलपति प्रा.डा.इश्वरीप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

आजदेखि सुरु भएको मेला चारदिन सम्म चल्ने छ । मेलामा विभिन्न ५० वटा स्टलहरु रहेका छन् ।

merokhabarsathi

Read Previous

‘प्रेमगीत ३’बाट मनिष राउतले डेब्यु गर्दै

Read Next

चितवनमा आज यसबर्षकै सबैभन्दा धेरै गर्मी, ३८ डिग्री तापक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *