चलचित्रको व्यंग्यात्मक समीक्षा गरेको भन्दै थुनामा रहेका ‘स्ट्याण्डअप कमिडियन’ प्रनेश गौतमविरुद्ध शुक्रबार जिल्ला अदालत काठमाडौँमा साइबर क्राइमअन्तरगत मुद्दा दर्ता गरिएको छ।
मुद्दा दर्तापछि शुक्रबार नै थुनछेक बहसका लागि अदालतले पेशी तोके पनि सरकारी वकिल उपस्थित नभएपछि गौतमविरुद्धको मुद्दा दर्तामा नै सिमित भएको हो।
प्रनेशका बुबा ऋषिराज गौतमका अनुसार अब मुद्दाको थुनछेक बहस आइतबारका लागि सरेको छ । प्रनेशलाई प्रहरी परिसर टेकुमा राखिएको छ ।
बिहिबार राति प्रनेशलाई स्वास्थ्यमा सामान्य समस्या भएपछि अस्पताल लगिएको थियो।
चलचित्र ‘वीर विक्रम – २’ को व्यंग्यात्मक समीक्षा गरिएको भन्दै प्रनेशलाई शुक्रबार प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिएको थियो। प्रनेशले मिम नेपालको पेजबाट समीक्षा गरेका थिए।