Breaking News :

उद्योग र व्यवसायीको सुरक्षा सरकारले प्रदान गर्छ:-गृहमन्त्री बादल

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले उद्योग र व्यवसायीको सुरक्षा सरकारले प्रदान गर्ने बताएका छन् । चितवनको रत्ननगर नगरपालिकाले आयोजना गरेको वृति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उनले उद्योग र व्यवसायीको सुरक्षा जिम्मा सरकारको रहेको बताएका हुन् ।

सरकारले उद्योगको सुरक्षा दिन्छ  चितवनका व्यवसायीहरुले ढुक्क भएर उद्योगमा लगानी गर्दा हुन्छ उनले भने। उद्योगको विकास नभए सम्म वेरोजगार अन्त्य हुदैन भन्दै औधोगिक क्षेत्रको विकास गरी रोजगार सृजना गर्ने सरकारको योजना छ गृहमन्त्री बादलले भने । उनले देशमै रोजगारी सृजना गरेर विदेशिने युवाहरुलाई रोक्ने योजना रहेको बताए ।

कार्यक्रममा मेयर नारायण वनले श्रम लिने र दिने बीचमा सम्बन्ध विस्तार गर्न मेलाको आयोजना गरिएको बताए । एकतिर सीप भएर पनि युवाले काम नपाएको अबस्था छ,अर्को तिर दक्ष जनशक्ति नपाएर उद्योगहरु भौतारिनु पर्ने अबस्था उनले भने बेरोजगार युवा र रोजगार दाता बीचको प्रत्यक्ष भेट गराउने र रोजगारी सृजना गर्ने मेलाको उद्देश्य हो ।

 

merokhabarsathi

Read Previous

पूर्व शिक्षा मन्त्री पौडेलको पार्थिव शरिरमा पार्टी अध्यक्ष प्रचण्ड सहित शीर्ष नेताहरुले दिए अन्तिम श्रद्धान्जली

Read Next

प्रनेश गौतमविरुद्ध साइबर क्राइममा मुद्दा दर्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *