Breaking News :

स्कुटरमा आएकी एक युवती नारायणी पुलबाट हाम फालेर बेपत्ता

नारायणी पुलबाट हाम फालेर एक युवती बेपत्ता भएकी छिन् ।

पूर्वी चितवनको राप्ती नगरपालिकास्थित वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा आज अपराहन्न ४ बजेतिर  पुलबाट हाम फालेर नदीमा बेपत्ता भएको इलाका प्रहरी कार्याल गैंडाकोटले जानकारी दिएको छ ।

गैंडाकोटबाट नारायणगढ तर्फ आउँदै गरेको स्कुटरमा सवार सापकोटा स्कुटरबाट झेरर हाम फालेको प्रत्यक्षदर्शीको भनाई छ । मावली घरबाट आफन्तसंगै फर्किदै गरेकी सापकोटा दाजुले चलाएको स्कुटरमा सवार थिइन् । उनी पुलमा सवारी चाप भएको बेला स्कुटर रोकिएको मौकामा नारायणीमा हाम फालेको थिइन् ।

अहिले उनको खोजीकार्य भईरहेको छ ।

 

merokhabarsathi

Read Previous

नेपालमा लगानी मैत्री बातावरण रहेको भन्दै फ्रान्सेली व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

Read Next

पूर्व शिक्षा मन्त्री पौडेलको पार्थिव शरिरमा पार्टी अध्यक्ष प्रचण्ड सहित शीर्ष नेताहरुले दिए अन्तिम श्रद्धान्जली

Leave a Reply

Your email address will not be published. Required fields are marked *