Breaking News :

चितवन राष्ट्रिय निकुञ्जभित्र पर्नेगरी सडक निर्माणको कार्य अघि नबढाउन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जभित्र वातावरणीय प्रभाव अध्ययनले अनुमति नदिएसम्म सडक निर्माणसम्बन्धी कुनै कार्य नगर्न परमादेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको संयुक्त इजलासले उक्त परमादेश जारी गरेको थियो ।

वन तथा वातावरण मन्त्रालयको २०७५ माघ १७ गतेको मन्त्रीस्तरीय निर्णय त्रुटिपूर्ण देखिएकाले उक्त निर्णय बदर हुनेसमेत परमादेशमा उल्लेख छ ।

हुलाकी राजमार्गअन्तर्गत् वीरगन्ज–ठोरी, ठोरी–भरतपुर सडकखन्ड, पूर्वपश्चिम विद्युतीय रेलमार्ग, दुम्कीबास–त्रिवेणी सडक, माडी–वाल्मीकि आश्रम सडक, ठोरी–मलेखु सडकलगायतका सडक निकुञ्ज क्षेत्रबाट गर्ने हो भने विश्वसम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको अस्तित्व नै खतरामा पर्ने फैसलामा उल्लेख छ ।

निकुञ्जभित्रबाट सडक निर्माण रोक्न माग गर्दै अधिवक्ता रामचन्द्र सिम्खडा, अच्युतराज बुढाथोकी, धनन्जय खनाल र जगन्नाथ मिश्रले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

merokhabarsathi

Read Previous

रामपुरलाई हराउँदै सुन्धारा फुटबल क्लब क्वाटर फाइनलमा

Read Next

विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र भारत प्रतिस्पर्धा गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *