अन्तराष्ट्रिय क्रिकेट रंगशाला चन्दा उठाएर मात्रै बनाउन सम्भव छैन:-प्रचण्ड

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा निमार्ण थालिएको अन्तराष्ट्रिय क्रिकेट रंगशाला चन्दा उठाएर मात्रै बनाउन सम्भव नहुने बताएका छन् ।

उनले चन्दा संकलन गरेर रंगशाला निमार्णको काम थालिए पनि सरकारले आवश्यक सहयोग गर्ने बताए । बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भने, ‘चन्दा उठाएर मात्रै यो सम्भव छैन, चितवन जिल्लाको मात्रै नभई समग्र देशकै गौरवको आयोजना रहेको क्रिकेट रंगशाला निमार्णको कामका लागि सरकारले आवश्यक सहयोग गर्छ । प्रोत्साहन स्वरुप बजेट विनियोजन हुन्छ ।’

प्रचण्डले रंगशाला निमार्णका क्रममा देखिएका सामान्य विवाद समाधान भइसकेको बताउँदै अब कामले तीव्रता पाउने दाबी गरे ।

merokhabarsathi

Read Previous

पोखराको उत्तमचोकमा गोली चल्यो

Read Next

रामपुरलाई हराउँदै सुन्धारा फुटबल क्लब क्वाटर फाइनलमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *