Breaking News :

पोखराको उत्तमचोकमा गोली चल्यो

लागूऔषध कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा पोखराको उत्तमचोकमा गोली चलेको छ ।

लागू औषध लिएर हिँहेको खबरपछि पछ्याउँदै गएको प्रहरीलाई नै आक्रमण प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिनुभएको छ।

प्रहरीले चलाएको गोलीबाट गोविन्द थापा घाइते भएका छन् । खुट्टामा गोली लागेको घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

लागूऔषध लिएर हिँडेको विषेश सूचनाको आधारमा थापालाई पछ्याउँदै गएको प्रहरीले जनाएको छ ।

थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

merokhabarsathi

Read Previous

आवश्यकता र प्राथमिकताका आधारमा मात्रै वैदेशिक सहायता लिन्छौ:- ओली

Read Next

अन्तराष्ट्रिय क्रिकेट रंगशाला चन्दा उठाएर मात्रै बनाउन सम्भव छैन:-प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *