दक्षिणी चीनमा मुसलधारे पानी पर्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ भने हजारौँ मानिस फसेको अधिकारीहरूले बताएका छन्।
वर्षाले सयौँ घरमा क्षति पुर्याउनुका साथै हजारौँ हेक्टर जमिनमा लगाइएका बालीनाली सखाप पारेको छ।
अझै केही दिनसम्म पानी पर्ने क्रम जारी रहने अनुमान गरिएको छ।
सरकारी सञ्चारमाध्यमका अनुसार वर्षाका कारण २० लाख मानिसहरु प्रभावित भएका छन् भने सडक तथा पुलमा नराम्ररी क्षति पुगेको छ।