हर्दी युवा समाज क्वार्टर फाईनलमा प्रवेश

भरतपुरमा जारी पाँचौँ चितवन च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा हर्दी युवा समाज विजयी भएको छ । हर्दी युवा समाज भण्डाराले भैरव स्पोर्टस् क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाईनलमा प्रवेश गरेको हो ।

हर्दी युवा समाजका लागि समीर तामाङले गरेको दुई गोल गर्दै टिमलाई विजय पथमा डोहो¥याएका आयोजक एभरेष्ट क्लबका सचिव विकास कोइरालाले जानकारी दिए । आजको जीतसँगै हर्दी युवा समाज क्वार्टर फाइनल प्रवेश गरेको कोइरालाले बताए । प्रतियोगितामा हर्दी युवा समाजकै अनिश तामाङ म्यान अफ दी म्याच घोषित भएका कोइरालाले बताए ।

प्रतियोगिता अन्तर्गत भोलि बुधबार रामपुर फुटबल क्लब र सुन्धारा फुटबल क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजक एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए ।

merokhabarsathi

Read Previous

बैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण चितवन मेडिकल कलेजमा नै हुने

Read Next

कैलाली कञ्चनपुरमा आज बिहानदेखि फेरि आँधीबेहरी सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *