बैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण चितवन मेडिकल कलेजमा नै हुने भएको छ ।
सोमबार सरकारले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने ५१ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गर्दा चितवन मेडिकल कलेजको नाम पनि सुचीमा परेछी बैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने चितवनमा एक मात्र संस्था बनेको छ।
स्वास्थ्य परीक्षण सूचीकरणका लागि १२६ स्वास्थ्य संस्थाहरुले आवेदन दिएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन दिएको १२६ संस्थाहरुको अनुमगन गरेर मापदण्ड पूरा गरेका ५१ स्वास्थ्य संस्थालाई सूचीकृत गरिएको हो । मन्त्रालयले सूचीकरणमा परेका स्वास्थ्य संस्थालाई सात दिनभित्र धरौटी रकम र सूचीकरण शुल्क बुझाउन आग्रह गरेको छ । सूचीकृत संस्थाले धरौटीवापत ३ लाख २५ हजार र सूचीकृत शुल्क रु २५ हजार शुल्क तिर्नु पर्नेछ । गत चैत १३ गते मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै बैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने स्वास्थ्य संस्थालाई सूचीकणका लागि आह्वान गरेको थियो ।
स्वास्थ्य परीक्षणका लागि ठूला अस्पताल सूचीकरणमा परेकाले ‘रिपोर्ट’ वास्तविक आउने र जसले गर्दा विदेश गइसकेपछि स्वास्थ्यमा समस्या देखेर कुनै पनि कामदार नेपाल फर्कन पर्ने अवस्थाको अन्त्य हुने मन्त्रालयको विश्वास रहेको छ ।