आफ्नै छोरीलाई पटक पटक बलात्कार गर्ने उपसचिब बाबु पक्राउ

आफ्नै छोरीमाथि पटक पटक बलात्कार गरेको आरोपमा एक उपसचिवलाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुर प्रहरीले सोमबार दिउँसो छोरीमाथि बलात्कार गरेको आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उपसचिवलाई धोविघाटस्थित उनकै घरबाट पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर ललितपुरको अनुसार ती उपसचिवले कक्षामा १२ मा अध्ययनरत १८ वर्षीया आफ्नै छोरीमाथि घरमै पटक पटक बलात्कार गर्ने गरेका थिए।

महोत्तरी घर भई हाल ललितपुरको धोविघाट बस्दै आएका यादव थरका ४५ वर्षीय ती उपसचिवले आमा नभएको बेला बलत्कार गर्ने गरेको प्रहरीले जनाएको छ।

विदेशमा बाबुले छोरीमाथि करणी गर्ने गरेको उदाहरण दिँदै विगत ३÷४ वर्षदेखि छोरीमाथि पटक पटक बलात्कार गर्ने गरेको जाहेरीमा उल्लेख भएको प्रहरीले जनाएको छ।

घटनाका बारेमा ती किशोरीकी आमालाई जानकारी भए पनि परिवारको बेइज्जत हुने डरले श्रीमानलाई चेतावनी दिएर छाड्दै आएकी थिइन्। पटक पटक सम्झाउँदा र चेतावनी दिँदा पनि नसुध्रियपछी आफूहरु बाध्य भएर प्रहरीकोमा पुगेको पीडित पक्षले जनाएका छन्।

merokhabarsathi

Read Previous

रंगशाला निर्माणमा सक्दो सहयोग गर्छौ, आगामी दिनमा गल्ती हुने छैन:-प्रकाश कंडेल

Read Next

बैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण चितवन मेडिकल कलेजमा नै हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *