अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री रघुवीर महासेठ चढेको गाडी खोलामा फसेको छ।
सोमबार स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाको दरौं खहरे खोलाको पुल शिलान्यास गरेर फर्किने क्रममा खोला तर्दा गाडी खोलाको बीच भागमा फसेको हो ।
प्रहरीका अनुसार मन्त्री चढेको बा२झ ४०२९ नम्बरको गाडी खोलाको बीचमा पुगेपछि तर्न नसकेर फसेको हो।
गाडी खोलाको बीच भागमा पुगेर आधीभाग डुबेपछि मन्त्री महासेठ सो गाडीबाट ओर्लिएर अर्को गाडी चढेर सदरमुकाम आएका थिए। मन्त्री महासेठ शिलान्यास गर्न भने अर्कै बाटोबाट गएका थिए। फर्किने क्रममा पुल शिलान्यास भएकै खोलामा गाडी फसेको हो।
केही समयपछि खोलामा फसेको मन्त्रीको गाडी खोलाबाट निकालिएको थियो। खोलामा फसेको गाडीको इन्जिन ‘सिज’ भएको छ।
पुल शिलान्यास भएको ठाउँ स्याङ्जा सदरमुकामबाट करिब २२ किलोमिटर टाढा पर्छ।