Breaking News :

नारायणगढ क्षेत्रका होटल तथा रेष्टुरेन्टहरुको अनुगमन,अधिकांश रेष्टुरेन्टहरुको किचन तथा अन्य पूर्वाधार सुधार गर्नुपर्ने

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले नारायणगढ क्षेत्रका होटल तथा रेष्टुरेन्टहरुको अनुगमन गरेको छ ।

आज अनुगमन गरिएको अधिकांश रेष्टुरेन्टहरुको किचन तथा अन्य पूर्वाधार सुधार गर्नुपर्ने देखिएको अनुगमन अधिकृत प्रदीप काफ्लेले जानकारी दिए । भरतपुर उकालोदेखि सहिदचोक सम्मका विभिन्न सात वटा रेष्टुरेन्ट तथा होटलहरुको अनुगमन गरिएको थियो । काफ्लेका अनुसार एभरेष्ट मम ल्याण्ड, मामा घर तन्दुरी एण्ड तास घर, श्रेष्ठ तन्दुरी, ट्रेन्स मम कर्नर, ग्राउण्ड जीरो किड्स कम्पनी, मुगल किचन र मान्द्रो क्रिटिकल चुलोमा अनुगमन गरिएको थियो ।

सबैलाई आवश्यकता अनुसार समय दिएर सुधार गर्नका लागि निर्देशन दिइएको काफ्लेले बताए । किचन सुधार र सरसफाइका लागि एक हप्ताको समय दिइएको छ । रेष्टुरेन्टहरुको किचन परिवर्तन गर्नुपर्ने, झ्यालढोकामा जाली राख्नुपर्ने, बेसिन व्यवस्थित गर्नुपर्ने देखिएकोले सचेत बनाइएको काफ्लेले बताए । अनुगमनका क्रममा खाद्य स्वच्छता पालना नगरी निर्माण गरिएका तथा अनावश्यक रङ प्रयोग गरिएका बिरियानी, मासु, ममलगायतका विभिन्न परिकारहरु नष्ट गरिएको काफ्लेले बताए । व्यवसायीलाई दिएको समयसीमा सुधार भएनभएबारे समेत थप अनुगमन गरिने काफ्लेको भनाइ छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको नेतृत्वमा भएको अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय चितवन, उपभोक्ता अधिकार संरक्षण मञ्च तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

merokhabarsathi

Read Previous

पूर्व भागमा मेग गर्जन सहित पानी पर्ने संभावना

Read Next

पुल शिलान्यास गरेर फर्किने क्रममा मन्त्री महासेठकै गाडी खोलामा फस्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *