Breaking News :

सारेगमप लिटिल च्याम्पमा नेपालि बाबु प्रितम तेस्रो, आयुष केसी चौथो

भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् ।

जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका छन् ।

आयुषको स्थायी घर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ हो। हाल उनी भक्तपुरमा अध्ययनरत छन्।

प्रितम इटहरीको विश्व आदर्श विद्यालयमा कक्षा ६ र आयुष भक्तपुरको मोर्डन बोर्डिङमा कक्षा ७ मा पढ्छन्।

२०६५ जेठ १० मा जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए। उनी २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो भएका थिए।

merokhabarsathi

Read Previous

उपचारको क्रममा युवतीको मृत्यु भएपछि कनकाई अस्पताल तनावग्रस्त

Read Next

रंगशाला निर्माणस्थलको बार भत्काउने मुख्य आरोपी छुटे,भावावेशमा घटना हुन गएको भन्दै क्षमा याचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *