झापाको विर्तामोडस्थित कनकाई अस्पतालमा उपचारका क्रममा एक युवतीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ।
आक्रोशित बनेका मृतकका आफन्तजनहरूले अस्पताल तोडफोडमा उत्रिएपछि भीड नियन्त्रण प्रहरीले तीन राउन्ड आशु ग्यास प्रहार गर्दै लाठी चार्ज गरेको छ। प्रहरीको लाठी चार्जबाट पीडित पक्षका केही व्यक्ति घाइतेसमेत भएका छन्। अस्पतालको लापरबाहीले युवतीको मृत्यु भएको भन्दै पीडित पक्षका आफन्तजनहरू युवतीको शव राखेर अस्पताल प्रशासन विरुद्ध नाराबाजी उत्रिँदै अस्पताल तोडफोडमा उत्रिएका थिए। आक्रोशित समूहले अस्पतालको झ्याल ढोकामा तोडफोड गरेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए।
तोडफोडबाट अस्पतालको सिसा फुटेको जनाइएको छ। अहिले अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।