Breaking News :

नेपालबाट अवैध मदिरा तस्करी गरि भारत तर्फ लैजाने दुई जना पक्राउ

नेपालबाट अवैध मदिरा तस्करी गरि भारत तर्फ लैजादै गर्दा  दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–९ हनुमाननगर कोशीबाँधमा प्रहरीले करिब ५० हजार चार सय रुपैयाँको ६३ काटुन अवैध मदिरा दिलबाले नेपालबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

मदिरा ओसार पसारमा संलग्न दुई जनालाई दुई वटा साइकलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बरामद गरिएको मदिरा भन्सार कार्यालयलाई बुझाइएको छ।

merokhabarsathi

Read Previous

बलिउड गायिका नेहा कक्करको कन्सर्ट विवादमा, आयोजक पक्राउ

Read Next

उपचारको क्रममा युवतीको मृत्यु भएपछि कनकाई अस्पताल तनावग्रस्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *